काठमाडौँ। माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक बर्ष (आ.व.) २०८०/८१ को चौथौ त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार बैंकले १ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ।
बैंकले आज (सोमबार) प्रकाशित गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले एक बर्षमा १ अर्ब २५ करोड १ लाख ६७ हजार रूपैयाँ नाफा आर्जन गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा भने बैंकको यस्तो नाफा १ अर्ब ६२ करोड ५५ लाख २५ हजार रूपैयाँ कमाएको थियो। जसका आधारमा समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको नाफा ३७ करोड ५३ लाख ५८ हजार रूपैयाँ अर्थात २३।०९ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानी, नेट फि तथा कमिसन आम्दानी र कुल सञ्चालन आम्दानी घटेसँगै बैंकको नाफामा दबाब पुगेको हो। समीक्षा अबधिमा माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशतले घटेको हो।
अघिल्लो बर्षको असार मसान्तसम्म ५ अर्ब ९० लाख ८५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस बर्ष असार मसान्तसम्म भने ५ अर्ब ३७ करोड २३ लाख ९९ हजार रूपैयाँमै सीमित भएको छ।
त्यस्तै, बैंकले गत असार मसान्तसम्म १ अर्ब ८ करोड ७६ लाख २६ हजार रूपैयाँ नेट फि तथा कमिसनमार्फत आर्जन गरेको छ। जुन अघिल्लो आ.व.को तुलनामा ४.९३ प्रतिशतले कम हो।
यता कुल सञ्चालन आम्दानी र सञ्चालन मुनाफा पनि क्रमशः ७.११ र १७.९७ प्रतिशतले घटेर ६ अर्ब ३७ करोड ८८ लाख रूपैयाँ र १ अर्ब ९५ करोड २७ लाख ३५ हजारमा झरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ।
खराब कर्जा बढेको भए पनि बैंकले इम्पेरमेन्ट चार्जलाई भने १ अर्ब ७ करोड २१ लाख ९९ हजार रूपैयाँमा सीमित राखेको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रूपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको इपिएस १०.७६ रूपैयाँ रहेको छ भने पिइ रेसियो १८.५९ गुणा रहेको छ। त्यस्तै, नेटवर्थ प्रतिसेयर १४८ रूपैयाँ ८० पैसा रहेको छ।
अघिल्लो बर्षको असारमा भने १५९ रूपैयाँ १० पैसा रहेको थियो। सिडी रेसियो ८३.३२ गुणा रहेको माछापुच्छ्रे बैंकको बेसरेट ८.२६ र इन्ट्रेस्ट रेट ३.९८ प्रतिशत रहेको छ।
एक बर्षमा बैंकको चुक्ता पुँजी १३.३० प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको असारमा १० अर्ब २५ करोड ७१ लाख ५५ लाख रूपैयाँ रहेको चुक्ता पुँजी गत असारसम्म बढेर ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रूपैयाँ पुगेको छ।
त्यस्तै, बैंकले १ खर्ब ५७ अर्ब ९४ करोड १८ लाख २० हजार रूपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब २७ अर्ब १० करोड ६७ लाख ५ हजार रूपैयाँ कर्जा लगानी गरेको छ। गत बर्षको तुलनामा बैंकको निक्षेप २.४४ प्रतिशत र कर्जा ०७७ प्रतिशतले बढेको हो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८