रमेश कुमार यादब
साउन २१, रौतहट
आज सावन महिनाको तेस्रो सोमबारीको अवसरमा रौतहट जिल्लाका प्रमुख शिवालयहरुमा भक्तजनहरुको ठूलो भीड लागेको थियो । विशेष गरी शिवनगरमा रहेको प्रसिद्ध शिव मन्दिरमा भक्तजनहरुको उपस्थिति निकै बढी देखिएको थियो । बिहानैदेखि भक्तजनहरु शिवालयमा पूजापाठ गर्न र जलाभिषेक गर्न लामबद्ध भई आएका थिए । भक्तजनहरुले शिवलिंगमा जल, दूध, बेलपत्र र विभिन्न मिष्ठान्न चढाएर भगवान शिवको पूजा(अर्चना गरिएका थिए । यस अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरु, भजन(कीर्तन र प्रवचनको पनि आयोजना गरिएको थियो ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । शिवालयहरुमा भक्तजनहरुको ठूलो भीडका कारण यातायातमा अवरोध भएको थियो ।
शिवनगरका सडकहरुमा सवारी साधनहरुको लामो जाम परिरहेको थियो । यस समस्यालाई समाधान गर्न र यातायातलाई नियमित बनाउन अस्थाई टूाफिक कार्यालय गरुडाबाट थप ट्राफिक प्रहरीहरु परिचालन गरिएको थियो। सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रहरी प्रशासनले विशेष योजना बनाएको थियो । श्रद्धालुहरुको सुविधाका लागि ट्राफिक प्रहरीहरुले विभिन्न स्थानमा अस्थाई पार्किङ व्यवस्था गरेका थिए। प्रहरी प्रशासनले जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै थप सतर्कता अपनाएको छ।
सावनको सोमबारीको महत्वले गर्दा आजको दिनलाई शिवभक्तहरुले विशेष मान्यता दिएका छन्। शिवालयहरुमा गरिने पूजापाठ र धार्मिक क्रियाकलापले धार्मिक वातावरणलाई अझ सजीव बनाएको छ। भक्तजनहरुको उत्साह र श्रद्धाले गर्दा आजको दिन शिवालयहरुमा एकदमै रमाइलो र पवित्र वातावरण बनेको छ। अहिले यहाँको गरुडा, शिवनगर , बृन्दावन , समनपुर , कटहरिया , सदरमुकाम गौर लगायतका बजारमा चुरा, पोते, मेहेन्दी लगायत श्रृङ्गारका सामग्रीको व्यापार राम्रो भइरहेको व्यापारीहरुले बताएका छन् ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८