काठमाडौँ। चितवनको सिमलताल पहिरोमा परी दुई बस हराएकोबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ।
दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो। दुई बसमा ६५ यात्रु सवार थिए। ती मध्ये ३७ जना अझै बेपत्ता छन्। भारतीय गोताखोरले खोज्दा पनि बेपत्ता दुई बस र ती यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
गृहमन्त्री रमेश लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका थिए। लेखकले सहसचिव छवि रिजालको नेतृत्वका ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना गरी ५ जना छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८