काठमाडौँ। हिमालयन बैंकले स्वयम्भु शाखा-२ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौँ महानगरपालिकामा स्थानान्तरण गरेको छ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये स्वयम्भु शाखा-२ लाई बालाजु चोकमा स्थानान्तरण गरी बालाजु शाखाबाट बैंकिङ सेवा प्रदान गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका हुन्।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैकिङ्क सेवा प्रदान गर्दै आएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८