काठमाडौँ। पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि काठमाडौँबाट गएको नेपाली सेनाको हेलिकप्टर गन्तव्यमा पुग्न नसकी बागलुङ बजारमा अवतरण गरेको छ।
बडिगाड गाउँपालिका–१० आरूपाटाको पहिरोमा परेर गम्भीर घाइते भएकाको उद्धारका लागि गएको हेलिकप्टर पटकपटक प्रयास गर्दा पनि खराब मौसमका कारण बडिगाडमा अवतरण हुन सकेन।
कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकप्टर बागलुङमै अवतरण गर्नुपरेको श्री नम्बर २३ बाहिनी अड्डा बागलुङले जानकारी दिएको छ। पहिरोमा परी १० जना घाइते भएका थिए।
पहिरोमा परेर बडिगाड गाउँपालिका–१० निवासी २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीया सङ्गीता बुढा, २३ वर्षीया सिर्जना विक‚ ४३ वर्षीय मङ्गलसेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ७८ वर्षीय जोगबहादुर बुढा, ५१ वर्षीय शशिराम विक, ९ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा घाइते भएका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८