रमेश कुमार यादब
साउन २३, रौतहट
राष्ट्रिय परिचयपत्रको नाममा जेष्ठ नागरिकमाथि भइरहेको राज्यको अत्याचार बारे हालसालै धेरै गुनासो आएको छ । रौतहट जिल्लाका विभिन्न वडामा कर्मचारीलाई खटाएर बनाइएका राष्ट्रिय परिचयपत्रहरूमा झोलैझोल मात्र भएकोले जेष्ठ नागरिकहरूलाई अझ बढी दुःख दिन थालेको छ । बृन्दावन नगरपालिकाको एक जेष्ठ नागरिक महिला नगिया देवीले यस विषयमा गम्भीर गुनासो व्यक्त गरेकी छन् । उनले भनिन्, “नेपाल सरकारको कर्मचारीले वार्ड कार्यालयमा खटाई बनाएको परिचयपत्रको नम्बर नदिदा वार्ड कार्यालयमा समाजिक सुरक्षाभताको नवीकरण गराउनमा निकै समस्या भएको छ । वार्ड कार्यालयमा जाँदा वार्डका कर्मचारीले भने यस परिचय पत्रको नम्बर नआएको वा तपाईको परिचयपत्रलाई online नगरेको कारण हामिले नविकरण गर्न असमर्थ रहेको नगिया देवीले सुनाएकी छिन ।
यसलाई अनलाईन अथवा नम्बर लिन पुःन पैक पर्ने जिल्ला प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा जानु पर्ने बताईरहेका छन । अव हामि बृद्धबृद्धाहरु एक दिन चर्को घाममा बसि वार्ड कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाए अव फेरी नम्बर लिन आफ्नो घरबाट करिब १८ किलोमिटर टाढा जानु पर्ने हुदा हामिमाथि अत्याचार र यो सरकारले अन्याय गरेको उनले गुणासो पोखेकि छिन । एउटा “उनी मात्र नभएर अरु धेरै जेष्ठ नागरिकहरू पनि यही समस्याबाट ग्रसित छन् । परिचयपत्र बनाउन सरकारी कर्मचारीहरू खटाइएको भए तापनि तिनीहरूले काम प्रभावकारी ढंगले नगरेको आरोप लगाइएको छ ।
परिचयपत्रमा त्रुटि भएकोले जेष्ठ नागरिकहरूलाई विभिन्न सरकारी सेवा र सुविधाहरू प्राप्त गर्न समस्या भइरहेको छ । परिचयपत्र नवीकरण गर्दा पनि कर्मचारीहरूको उदासीनताका कारण काम झनै कठिन भएको छ । रौतहट जिल्लाका वडाहरूमा परिचयपत्र बनाउन खटाइएका कर्मचारीहरूले जिम्मेवारी पूरा नगर्दा र उनीहरुको चरम लापारवाहिको कारण जेष्ठ नागरिकहरूलाई बारम्बार कार्यालय धाउनुपर्ने स्थिति आएको छ । यसले गर्दा उनीहरू थप मानसिक र शारीरिक यातना सहन बाध्य भएका छन् ।
जेष्ठ नागरिकहरूलाई सम्मान र सेवा दिनुपर्ने ठाउँमा उनीहरूलाई दुःख दिने कार्यमा कर्मचारीहरू संलग्न रहेको कुरा विभिन्न स्थानीय सञ्चार माध्यमहरू मार्फत सार्वजनिक भएको छ । यस समस्याको समाधानका लागि नेपाल सरकार र सम्बन्धित निकायले तुरुन्तै कदम चाल्नु आवश्यक छ । जेष्ठ नागरिकहरूको समस्या सुनी तिनीहरूको समस्याको समाधान गरिदिनु पर्ने आवश्यकता छ । अहिले रौतहटको सम्पुर्ण वार्डहरुका समाजिक सुरक्षा भता खानेहरुको धमाधम नविकरण भईरहेको छ ।
सोहि क्रममा बृन्दावन नगरपालिकाको वार्ड नं.३ मा समाजिक सुरक्षा भता खाने ५२० जनाहरु रहेका छन जसमध्येबाट ३ दिनको भित्रमा उक्त कार्यालयबाट बायोमेट्रिक प्रणाली मार्फत समाचार त्यार पार्दासम्म १८२ जनाको नविकरण भईसकेको उक्त वार्ड कार्यालयको सहयोगी अमिन्द्र यादबले जानकारी दिएका छन । यसमा जनप्रतिनिधि र सरकारी कर्मचारीहरूले सजगता र संवेदनशीलता देखाउनु पर्ने अति आवश्यक रहेको गरुडा नगरपालिकाको वार्ड नं.५ लक्ष्मीपुर निवासि रामनरायण साहले ध्यानआकर्षण गराएका छन ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८