काठमाडौँ। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा अर्थात मंगलबारको तुलनामा प्रतितोला एक हजार चार सय रूपैयाँले घटेको हो।
आज आज छापावाल सुन प्रतितोला एक लाख ४६ हजार तीन सय रूपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बुधबार (साउन २३ गते)चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १७ सय २५ रूपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १५ रूपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८