काठमाडौँ। काठमाडौँमा आज (बुधबार) भएको काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले हात पारेको छ।
फाइनलको पहिलो सेट नेपालले २५-२३ अंकले आफ्नो पक्षमा पार्यो। दोस्रो सेट भारतले २५-१४ ले आफ्नो पक्षमा पार्यो।
यसका साथै तेस्रो सेटमा २२-२५ ले जितेर नेपाल २-१ अग्र स्थानमा आयो। तर चौथो सेटको खेलमा २५-२२ ले जित्दै भारतले खेल बराबरी बनायो।
पाँचौं सेटमा नेपाललाई ५-१५ अंकले हराउँदै भारतले उपाधि हात पारेको हो। समूह चरणमा भने नेपालले भारतलाई ३-२ सेटले हराएको थियो।
तेस्रो स्थानका लागि आजै भएको खेलमा इरानले श्रीलंकालाई पराजित गर्यो। सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई पराजित गरेको थियो।
पाँच देश सहभागी उक्त प्रतियोगितामा माल्दिभ्स समूह चरणबाट बाहिरिएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८