काठमाडौँ। मालपोत कार्यालय सङ्खुवासभामा एक वर्षको अवधिमा रू दुई करोड बढी राजस्व सङ्कलन भएको छ। मालपोत कार्यालयले चालु आ.व.मा दुई करोड बढी राजस्व सङ्कलन गरेको हो।
आर्थिक वर्ष २०८०र०८१ मा दुई करोड ३२ लाख ७५ हजार पाँच सय ३९ रूपैयाँ राजस्व सङ्कलन गरेको छ। सङ्खुवासभामा एक वर्षको अवधिमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको मालपोत कार्यालयले जनाएको छ। सोमध्ये छ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा मात्र कारोबार भएको देखिन्छ।
कार्यालयले सबैभन्दा बढी रजिस्ट्रेसन शुल्कबापत एक करोड ५७ लाख ९० हजार एक सय १६ रूपैयाँ, सेवा शुल्कबापत २४ लाख ३९ हजार रूपैयाँ, पुँजीगत लाभकरबापत ७४ लाख ८५ हजार चार सय २३ रूपैयाँ, न्यायिक दस्तुर दण्ड जरिवानामा पाँच लाख २४ हजार ३० रूपैयाँ राजस्व सङ्कलन गरेको मालपोत कार्यालय सङ्खुवासभाले जनाएको छ।
सङ्कलन भएको ५९ लाख ३० हजार दुई सय ७९ प्रदेश र ८८ लाख ९५ हजार चार सय १८ रूपैयाँ राजस्व स्थानीय तहमा पठाएको मालपोत कार्यालयले जनाएको छ।
यो वर्ष सबैभन्दा धेरै खाँदबारी नगरपालिकामा ७० लाख ३३ हजार तीन सय ११ रूपैयाँ राजस्व सङ्कलन भएको छ भने भोटखोलामा दुई लाख २३ हजार सात सय १३ रूपैयाँ राजस्व सङ्कलन भएको मालपोत कार्यालयले जनाएको छ।
एक वर्षको अवधिमा २२ सय ५४ रजिस्ट्रेसन पास भएको छ, जसमध्ये ६ सय ४५ रजिस्ट्रेसन महिलाका नाममा कारोबार भएको देखिन्छ।
त्यस्तैगरी, ३ सय १० वटा नामसारी भएको छ भने १५ सय ९० जग्गाधनी सङ्ख्या थप भएको मालपोत कार्यालयले जनाएको छ। यो वर्ष जिल्लामा ४ सय ७५ कित्ता खारेज भई एक हजार तीन सय ८० वटा नयाँ कित्ता कायम भएका छन्।
जिल्लाका दुई स्थानीय तहबाहेक सबै स्थानीय तहमा सडक सञ्जालले जोडिएपछि र बैंकिङ सुविधा भएपछि जग्गाको कारोबारमा वृद्धि भइरहेको छ।
जग्गा धितो राखेर बैंकबाट ऋण लिनेको सङ्ख्या बढेको छ। सरकारले डेढ वर्षदेखि जग्गाको कित्ताकाट रोकेको थियो। कित्ताकाट रोकिँदा जग्गाको कारोबार ठप्प थियो। खेतीयोग्य जमिन प्लटिङ गरेर घडेरी बनाउनका लागि कित्ताकाट गर्न पाइँदैन।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८