काठमाडौँ। के तपाईँ जग्गा किन्ने सोचमा हुनुहुन्? यदि त्यसो हो भने तपाईंले जग्गा कसरी पास हुन्छ भनेर केही जानकारी लिन जरूरी हुन्छ ।
किनकी, जीवनमा बारम्बार जग्गा किनबेचको काम गरिँदैन र जग्गा खरिद प्रक्रियाबारे यथेष्ट राम्रोसँग जानकारी नहुँदा विभिन्न झन्झट र तनाव सिर्जना हुन सक्छ।
तपाईं आफूले जिन्दगिभर कमाएको पैसाले सहि र उपयुक्त ठाउँको पहिचान गर्न सक्नु भएन भने कमाइ नै ठगिन सक्छ। जग्गा खरिदका कानूनी प्रक्रियाहरू के के छन् त? जानिराखौँ जग्गा पासको प्रक्रियाः
जग्गा किनबेचलाई कानूनी भाषामा रजिस्ट्रेसन पास भनिन्छ। सर्वप्रथम त तपाईंसँग रजिस्ट्रसशन पासका लागि आवश्यक सम्पूर्ण कागजात हुन जरूरी छ। सर्वप्रथम कागजातबारे छलफल गरौं।
जग्गाधनी प्रमाणपुर्जा
चलनचल्तीको भाषामा लालपुर्जा भनिने जग्गाधनी प्रमाणपुर्जा जग्गा बिक्रेतासँग जग्गाको भएको प्रमाणित कागज हो। जग्गा किनबेचका लागि सबैभन्दा पहिलो आवश्यक कागजात नै जग्गाधनी प्रमाणपुर्जा हो। जग्गा किनबेचका क्रममा यसको आवश्यकता पर्दछ। जग्गाको विवरण हेर्न नक्कल भए पनि हुन्छ तर जग्गा पास गर्ने बेलामा भने सक्कली पुर्जाकै आवश्यकता पर्दछ। यस कारण जग्गा बिक्रेतालाई अनिवार्य रूपमा लालपुर्जा बोक्न लगाउनुहोस्।
नागरिकता
जग्गा पासका लागि खरिदकर्ता र बिक्रेता दुवैको नागरिकताको सक्कल र नक्कल प्रति आवश्यक पर्छ। तपाईं दुवैको नागरिकताको नक्कलमा हस्ताक्षर गरी सम्बन्धित मान्छेले फाइलमा राख्छ र सनाखत गर्ने बेला किन्ने र बेच्ने दुवै व्यक्ति उपस्थित हुनुपर्छ। नागरिकता हेरेरै सक्कली जग्गाधनी होरहोइन भनेर मालपोत कार्यालयमा सनाखत गर्नुपर्ने हुन्छ।
जग्गाको वार्षिक कर भुक्तानीको रसिद
तपाईंले आफ्नो महानगरपालिका, नगरपालिका वा गाउँपालिकामा विक्री गर्न लागेको जग्गा ९घर भए घरसहितको० को वार्षिक कर तिरेको रसिद समावेश गर्नुपर्ने हुन्छ।
सम्बन्धित वडा कार्यालयको चार किल्ला प्रमाणीकरण सिफारिस
जग्गा विक्री गर्न वडाको सिफारिस आवश्यक पर्छ। तपाईंले सर्वप्रथम वडाबाट चार किला प्रमाणीकरणको सिफारिस लिनुपर्ने हुन्छ। यसका लागि तपाईंले जग्गाको सम्पूर्ण विवरण उल्लेख गरेर सिफारिसका लागि वडामा निवेदन दिनुपर्छ। सिफारिस लिनका लागि पूर्व, पश्चिम, उत्तर, दक्षिणमा भएको जग्गा, घर एवं बाटोको विवरण, गाउँपालिकारनगरपालिका, वडा नम्बर र जग्गाको कित्ता नम्बर उल्लेख गर्नुपर्ने हुन्छ। वडाको सिफारिस लिनु पहिले तपाईंले जग्गाको वार्षिक कर चुक्त गरिसकेको हुनुपर्छ।
राजीनामा लिखत
राजीनामा लिखत भनेको जग्गाधनी र खरिदकर्ताबीच जग्गा किनबेचका लागि भएको लिखित सहमतिको कागज हो। यो प्रक्रिया किन्ने व्यक्तिको नाममा जग्गा विक्री गर्न लागेको भनी तयार पारिएको कागज हो। यसमा जग्गाको सबै विवरण उल्लेख गरी खरिदकर्ता र विक्रीकर्ताको तर्फबाट १र१ जना साक्षी पनि हुनुपर्छ ।
माथि उल्लेखित कागजपत्र तयार गरिसकेपछि अब बल्ल तपाईंको जग्गा पासको प्रक्रिया अघि बढ्छ। यी कागजात लिएर तपाईं जग्गा विक्री गर्ने व्यक्तिसहित मालपोत कार्यालयमा उपस्थित हुनुपर्छ। जग्गाको कित्ताकाट गर्नु नपर्ने भए जग्गाधनी प्रमाणपुर्जा, नागरिकताको प्रमाणपत्र, चालू आ.व.को मालपोतमा बुझाएको करको रसिद, कर चुक्ता प्रमाणपत्र, वडाको सिफारिस र अन्य आवश्यक प्रमाण भए मालपोतबाट जग्गा पासको प्रक्रिया अघि बढ्दछ।
यदि कित्ताकाट गर्नुपर्ने भएमा भने तपाईं नापी कार्यालयमै जानुपर्छ, जुन मालपोतको नजिकै हुन्छ। त्यहाँ कित्ताकाट गरेर फर्किएपछि जग्गा पास प्रक्रिया अघि बढ्छ। कागजात रूजु गरी सनाखत भएपछि नामसारी शाखामा नामसारीका लागि आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।
सनाखतका क्रममा जग्गाधनीलाई भुक्तानी गरिएको चेकको प्रमाण पनि मालपोत कार्यालयले माग्ने गर्छ। यस कारण तपाईं दुई बीचभएको कारोबारको प्रमाणपत्र पनि साथै लिएर जानुहोला। नामसारीका लागि आवश्यक प्रक्रिया पूरा गरी तपाईं सम्बन्धित मालपोत अधिकृतकहाँ जानुपर्दछ। त्यसलगत्तै नामसारीपछि तपाईंले मोठ फाँटबाट स्रेस्ता पुर्जाका रूपमा जग्गाधनी प्रमाणपुर्जा पाउनुहुनेछ। यसरी जग्गाधनीबाट उक्त जग्गा तपाईंको नाममा पास हुन्छ।
यदि अदालत, कुनै बैंक तथा वित्तीय संस्थाले तपाईंको जग्गा रोक्का राखेको छ भने तपाईं उक्त जग्गा किनबेच गर्न सक्नुहुन्न। यसका लागि सबैभन्दा पहिले रोक्का जग्गालाई फुकुवा गर्नुपर्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८