काठमाडौँ। सिटिजन्स क्यापिटल लिमिटेडले १८औँ वार्षिक साधारण सभा भदौ १७ गते बोलाएको छ।
बार्षिक साधारण सभा भदौ १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा गर्ने कम्पनीले जनाएको छ। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम ३ करोड १० लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ।
सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत रहेको छ।
त्यसैगरी, सभाले आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ।
साधारण सभा प्रयोजनको लागि सभाले आगामी भदौ ६ गते बुक क्लोक गर्ने भएको छ। तसर्थ ५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८