काठमाडौँ। नेपालमा दुईदिनको औपचारिक भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्री आज स्वदेश फर्किदैछन्।
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका विदेशसचिव मिस्त्रीले आइतबार उच्च स्तरीय भेटवार्ता गरेका छन्।
विदेश सचिव मिस्रीले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गरेका छन्। त्यस्तै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार मिस्रीको भ्रमणले दुवै देशका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल भएको छ। यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित मन्त्रालयले जनाएको छ।
विदेश सचिव मिस्रीले आज परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको शिष्टाचार भेटवार्ता पछि नयाँ दिल्ली फर्कने कार्यक्रम रहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८