काठमाडौँ। नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदै छ।
१९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा होमिएको बताइन्छ। जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुसारको आचरणका कारण उनी नेपाली राजनीतिमा अत्यन्तै सरल र सादगी नेताका रूपमा चिनिन्छ।
स्व. कोइरालाकै नेतृत्वमा नेपालमा २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। जीवनको अन्तिम क्षणसम्म पनि उनी संविधानको प्रभावकारी कार्यान्वयन कार्यान्वयन गर्नका लागि उनी सक्रिय भएर लागिरहे।
कोइराला २०३४ सालपछि पार्टीको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए। उनी वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पदमा पुगेका थिए।
कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८