काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्सले बार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आगामी भदौ १ गते शनिबार स्थापनाको छैठौँ बर्ष पूरा गरी सातौँ बर्षमा प्रवेश गर्ने अवसरमा कम्पनीले सप्ताहव्यापी रूपमा कार्यक्रमको आयोजना गर्ने भएको हो।
सातौँ वार्षिकोत्सवको शुभ अवसरमा विभिन्न ७ वटा कार्यक्रमहरू आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ।
जसअन्तर्गत २७ गते आइतबारदेखि १ गते शनिबारसम्म वृक्षारोपण कार्यक्रम, बीमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीहरूलाई शैक्षिक सामाग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डिङ मसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रम लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
जसअन्तर्गत २७ गते आइतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं। ३० स्थित ग्रीन पार्क, सुदुरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाट न.पा. वडा नं. ०९ स्थित बृन्दाबन सामुदायिक बन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा न.पा. वडा नं. ०१ छाँपडाडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर वडा नं. ०८ स्थित सितल छाया सामुदायिक बनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८