काठमाडौँ। नेपाली कांग्रेसका सांसद गगन थापाले बिजुलीको बक्यौता एक सुका, एक रूपैयाँ पनि कसैलाई नछाड्ने बताएका छन्।
प्रतिनिधि सभाको आज (मंगलबार) को बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारले उद्योगहरूबाट बिजुली बक्यौता उठाउनुपर्ने धारण राखेका छन्।
थापाले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाऊ भनेर कसैले भन्छ? नउठाउन पाइन्छ? एक रूपैयाँ पनि छोड्न पाइन्न। एक सुका पनि छोड्न पाइन्न, अर्बको कुरा होइन।’
सरकारले यस विषयमा सदनबाट जबाफ दिनुपर्ने समेत थापाले बताए। कसैमाथि अन्याय पनि हुन नदिने र अनुचित लाभ पनि एक रूपैयाँ कसैलाई लिन दिन नहुने उनले बताए।
‘राज्यको कोषमा एक रूपैयाँ पनि तलमाथि हुन दिँदैनौं भन्ने कुराको सरकारले ग्यारेन्टी गर्नुपर्छ, विश्वास दिलाउनुपर्छ,’ थापाले भने।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८