काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिँदै छन्।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाएको प्रदेश सभा सचिवालयले जनाएको छ।
नागरिक उन्मुक्ति र नेकपा एमालेको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १० दिनपछि उनले विश्वासको मत लिन लागेका हुन्।
नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ।
हाल प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद रहेको छन् भने विपक्षीमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद रहेका छन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८