काठमाडौँ। अल इन्डिया ज्वेलर्स एण्ड गोल्ड स्मिथ महासंघ र अखिल भारतीय ट्रेडर्स कन्फेडेरेसनको नेतृत्वमा, लेमन ट्री होटलमा अगस्ट १६ शुक्रबार बिहान १० बजे एक व्यापार सम्मेलनको आयोजना गरिएको छ।
यस सम्मेलनमार्फत बन्द भएका उद्योगहरु पुनः सञ्चालन गर्नका लागि गर्न अनुरोध गरिनेछ। यसबाट बैंकका कारण व्यापारीहरुको समस्याका समाधान सरकारले सकारात्मक रूपमा समाधान गर्नेछ।
यसमा कैट राष्ट्रिय सचिव सह एआईजेजोएफ राष्ट्रिय अध्यक्ष पंकज अरोडासँगै भारत सरकारका एमएसएमई मन्त्री जीतन राम मांझी, पूर्व उपमुख्यमन्त्री तार किशोर प्रसाद, विहार विधान परिषद्का सभापति वधेश नारायण सिंह, उपमुख्यमन्त्री तथा वित्तमन्त्री सम्राट चौधरी, खगडिया, सांसद राजेश वर्मा, बिहार विधान परिषद् सदस्य जीवन कुमार र दरभंगा विधायक सञ्जय सरावगी, भाजपा एनआरआई सेलका अध्यक्ष माननीय मनीष सिन्हा, गोदरेज कम्पनीका विहार झारखण्ड प्रमुख अमित कुमार सहभागी हुनेछन्।
यो जानकारी कैट /एआईजेजोएफ विहारका अध्यक्ष अशोक कुमार वर्माले एक पत्रकार सम्मेलनमा बताए। यस कार्यक्रमको मुख्य उद्देश्यबारे नेपाल सरकारको पूर्व कृषिमन्त्री ज्वाला कुमारी शाहको पनि सहभागिता रहनेछ। यस अवसरमा पत्रकार सम्मेलनमा संगठनका प्रदेश अध्यक्ष अशोक कुमार वर्मा, प्रदेश उपाध्यक्ष अन्नत अरोडा, महिला विंङ्ग अध्यक्ष रुची अरोडा, प्रिन्स कुमार राजु, मुकेश नन्दन, दिलीप कुमार र प्रभावत भूषण श्रीवास्तव उपस्थित थिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८