काठमाडौँ। आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा राष्ट्रिय जीवन बीमा कम्पनीले १५ करोड ३६ लाख रूपैयाँ नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा राष्ट्रिय जीवन बीमा कम्पनीले १५ करोड ३६ लाख रूपैयाँ नाफा आर्जन गरेको हो। यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा १४५.४५ प्रतिशतले बृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष सोही अवधिसम्ममा कम्पनीले ६ करोड २६ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा वर्षमा कम्पनीको नाफासँगै कुल बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ। एक बर्षको अवधीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६.३७ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक बर्षमा ८ अर्ब ४९ करोड ९५ लाख कुल बीमाशुल्क आर्जन गरेको यस कम्पनीले गत आ.व.मा भने ९ अर्ब ४ करोड ८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषमा ५३ अर्ब ८५ करोड ११ लाख रूपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा ४६ अर्ब १३ करोड ७५ लाख रुपैयाँ थियो। जीवन बीमा कोषको आकारमा १६.७२ प्रतिशतको बढोत्तरी भएको छ।
यता, समीक्षा वर्षमा शेयर पुँजी १८ करोड १० लाख रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ करोड ९० लाख रूपैयाँ र रिटेन्ड अर्निङमा ६० करोड ९४ लाख रूपैयाँ रहेको छ।
अघिल्लो वर्ष कम्पनीको महाविपत्ति कोषमा १ करोड २६ लाख रूपैयाँ र रिटेन्ड अर्निङमा ४७ करोड ११ लाख रूपैयाँ थियो। महाविपत्ति कोष र रिटेन्ड अर्निङ दुवै बढेको छ।
समीक्षा वर्षमा कम्पनीले १८ करोड ५८ लाख रूपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्ष कम्पनीले १८ करोड २४ लाख रूपैयाँ खर्चिएको थियो।
समीक्षा वर्षमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११३.२० रुपैयाँ पुगेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८