काठमाडौँ। आज (बुधबार) उपत्यकासहित नेवार समुदायको बाहुल्यता भएको देशका विभिन्न भागमा रोपाइँ जात्रा मनाइँदै छ।
गाईजात्राको भोलिपल्ट मनाइने यो जात्रामा परम्परागत पहिरनमा सजिएर मौलिक बाजाको तालमा धान रोपे जस्तै गरी नृत्य गर्ने चलन छ। नेपाल भाषामा रोपाइँ जात्रालाई ‘सिनाज्या जात्रा’ पनि भनिन्छ।
देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक-फरक ठाउँमा भिन्न तरिकाले मनाइन्छ। विशेषगरी नेवार समुदायका मानिस आज चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर यो जात्रा मनाउँछन्।
काठमाडौँको बौद्धमा तामाङ समुदायले पनि यो जात्रा मनाउँदै आएका छन्। गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले आज गाईजात्रा तथा रोपाइँजात्रा घोनाइको आयोजना गर्ने जनाएको छ।
विगतका वर्षमा जस्तै बौद्धस्तुपा परिसरका साथै बौद्धका विभिन्न स्थानमा घिनतिङ नाका, घोनाई, हास्यव्यङ्ग्य तथा साँस्कृतिक कार्यक्रमहुने समितिले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८