काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्था निकै कमजोर रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघले अर्थ मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा आज आयोजना गरेको ‘विकासका लागि वित्तसम्बन्धी संवाद’कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका हुन्।
प्रत्यक्ष वैदेशिक लगानी हाम्रो कूल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशत मात्रै रहेको छ। हाम्रो जस्तो देशका लागि यो एकदमै न्यून सङ्ख्या हो। वैदेशिक अनुदान पनि लक्ष्यअनुसार आएको छैन, उनले भने, यो अवस्थाले ऋणमा निर्भरता बढाएको छ। सार्वजनिक ऋण पछिल्लो नौ वर्षमा दोब्बर भएको छ। ऋणमा बढ्दो निर्भरता दीर्घकालीन रूपमा दिगो हुँदैन र यसले हाम्रो आर्थिक स्थायित्वमा ठूलो जोखिम खडा गर्छ।” हाम्रो देश अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा ऋणमा बढ्दो निर्भरताले अरू चुनौती थपिने उनले बताए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८