ललितपुर। ललितपुरमा मतयाः अर्थात् दीपयात्रा निकालिएको छ। आज (बुधबार) बिहान ४ बजेदेखि नै दिपयात्रा शुरू भएको न्याकु जात्रा मतयाः सञ्चालन मूल समारोह समितिले जनाएको छ।
८५० वर्षअघिदेखि गाईजात्राको भोलिपल्ट अर्थात भाद्रकृष्ण द्वितीयामा हुने यो जात्रामा बौद्ध एवं हिन्दुधर्मावलम्बीले ललितपुर पाटन क्षेत्रका चार दिशमा रहेका चार अशोक स्तुपासहित विहार, महाविहार, चैत्य र देवालयको पैदलयात्रा गरी परिक्रमा गर्छन्।
दिवंगत आफन्तजनहरूको आत्म शान्तिको कामना गर्दै दिप, अन्न, पुस्तक र मिठाइ आदि चढाउँदै गरिने करिब १५ घण्टाको कठिन पदयात्रामा हजारौं सहभागी हुने गर्दछन्।
धिमेलगायतका बाजागाजासहित विभिन्न वेशभूषामा सिँगारिएर पदयात्रामा निस्कने क्रममा राँगाको सिङबाट बनेको बाजा न्यकुको विशेष आकर्षण हुन्छ। यो जात्रालाई श्रृङ्गभेरी जात्रा पनि भनिन्छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८