काठमाडौँ। गृहमन्त्री रमेश लेखकले संसदका दुई ठूला दल कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वयन नभए मुलुक संकटमा फस्ने बताएका छन्।
आज (शुक्रबार) जनकपुरधाममा जिल्ला प्रशासन कार्यालय धनुषाको नयाँ भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक अस्थिरता, आर्थिक समृद्धि र शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील बनाउन कांग्रेस–एमाले मिलेको बताएका हुन्।
‘कांग्रेस(एमाले पहिलोपटक मिलेको होइन। यसअघि पनि मुलुकमा भएका विभिन्न समस्यालाई सम्बोधन गर्दै अगाडि बढाउने काम भएको छ,’ गृहमन्त्री लेखकले भने।
गृहमन्त्री लेखकले ‘संसदमा कुनै पनि दलको बहुमत भएन। साना–साना दल मिलेर बनेको सरकार अस्थिर रह्यो। संघमा सरकार फेरिपछि सातै प्रदेशमा सरकार फेरिने परिपाटी बन्यो। त्यसैले कांग्रेस–एमाले मिलेर स्थिर सरकार बनाएका हौँ।
उनले १८ वर्षदेखि निष्कर्षमा पुग्न नसकेकी रहेको संक्रमणकालीन न्यायसम्बन्धी विषय कांग्रेस र नेकपा एमाले एकठाउँमा उभिँदा निष्कर्षमा पुर्याउन सफल भएको समेत दाबी गरे।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८