सिमरा / जीतपुर सिमरा उपमहानगर २, स्थित सङ्गालो वचत तथा ऋण सहकारी संस्थाले निराजन थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । साकोसको शनिवार भएको १३ औँ वार्षिक साधारण सभाले थापाको नेतृत्वमा नयाँ कसञ्चालक समिति सर्वसम्मत चयन भएका हुन् ।
संस्थाको उपाध्यक्षमा नेत्रप्रसाद दाहाल, सचिवमा गोकुल अधिकारी, कोषाध्यक्ष कोपिला अर्याल सर्व सम्मत चयन भएका छन् । साथै सदस्यहरुमा रवीन्द्र ठाकुर, राजदास श्रेष्ठ, रमेश थापा, निरोज पुडासैनी, ईश्वर थपलिया, सुशिला कार्की, कविता लम्साल रहेका छन् । लेखा समितिका संयोजकमा धनन्जय थोकर र सदस्यमा निरन्जन कर्ण र सन्तोष श्रेष्ठ निर्वाचित भएका हुन् ।
१३ वर्षअघि स्थापना भएको सङ्गालो वचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड ६ लाख ८५ हजारको कारोबार गरिरहेको संस्थाका अध्यक्ष शालिकराम अधिकारीले जनाएका छन् । हाल ३ सय ८१ जना सेयर सदस्य रहेको संस्थाले ७ करोड ८८ लाखको निक्षेप संकलन र ८ करोड ८६ लाख लगानी गरको छ । उद्घाटन सत्रको कार्यक्रममा संस्थाका वचतकर्ता विष्णुमाया गौतम र विमला अधिकारीलाई र संस्थाको उत्कृष्ट कारोवारीका रुपमा हेमन्त खड्का र विपिन लामिछानेलाई सम्मान गरिएको थियो ।
त्यसैगरी यस वर्षको कक्षा १२ को परीक्षामा बारा जिल्लाबाट सामुदायिक विद्यालय उत्कृष्ट अंक ल्याउने नेरा मावि सिमराका गौरवमान श्रेष्ठ र सामना भट्टराईलाई अभिभावकको उपस्थितीमा सम्मान गरिएको छ । नयाँ आर्थिक वर्ष सुरु भएपछि वार्षिक साधारण सभा गर्ने जीतपुर सिमरा उपमहानगरभित्रका सहकारी मध्ये सङ्गालो साकोस् पहिलो हो ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८