काठमाडौँ। गुल्मी जिल्लाको चार पालिकामा विधुत सेवा अवरुद्ध भएको छ। धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विधुत सेवा अवरुद्ध भएको हो।
यही भदौ १० गते राति आएको हावाहुरी, चट्याङ र पानीले उनायचौरबाट धुर्कोट वस्तुमा रहेको सबस्टेसनसम्म जाने ३३ केभीको लाइनमा क्षति पुगेसँगै चार पालिकामा सेवा रोकिएको विधुत प्राधिकरण गुल्मी वितरण केन्द्रले जनाएको छ। विधुत अवरुद्ध हुँदा गाउँमा दैनिक कामकाजमा असहज हुनाका साथै मोबाइल चार्ज, मिल सञ्चालन, इन्टरनेटलगायतका कार्यमा अवरोध भएकाे छ।
अहिलेसम्म उनायचौरको विधुत स्टेसनबाट वस्तुको हर्रे भन्ने ठाउँसम्म पुगेको वितरण केन्द्रले जानकारी दिएको छ। उनायचौरबाट जैसिथोकको भुवानसम्म मात्रै ६ ठाउँमा बिग्रिएकाले मर्मत भइरहेको वितरण केन्द्रले जनाएको छ।
वस्तु सबस्टेसनबाट धुर्कोट, मालिका, मदाने, इस्मा गाउँपालिकाका साथै मुसिकोट नगरपालिका–१ र २ मा विधुत आपूर्ति हुँदै आएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८