काठमाडौँ। मकवानपुरको हेटौँडा उपमहानगपालिकामा चालु आर्थिक वर्ष २०८/८२ को पहिलो एक महिनामा रू चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन भएकाे छ।
गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रू एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रू एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रू ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रू ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट रू १८ लाख ७८ हजार, व्यवसाय करबाट रू ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबाट रू पाँच लाख ९६ हजार राजस्व सङ्कलन गरेको उप-महानगरपालिका राजस्व शाखाले जनाएकाे छ।
अघिल्लो आ.व. २०८०/८१ को साउनको तुलनामा रू २५ लाख ६२ हजार कम राजस्व सङ्कलन भएको हो। आ.व. २०८०/८१ को साउनमा उपमहानगरपालिकाले रू चार करोड ७५ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो। चालु आ.व. २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी सङ्कलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आ.व.को तुलनामा चालु आ.व.को पहिलो महिनामा राजस्व सङ्कलनमा गिरावट आएकाे राजस्व शाखाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८