काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहिबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ३ पैसा र बिक्री दर १३४ रूपैयाँ ६३ पैसा रहेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रूपैयाँ ९९ पैसा र बिक्री दर एक सय ३४ रूपैयाँ ५९ पैसा रहेको थियो।
हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि घटेको छ। बुधबार युरो एकको खरिद दर १४९ रुपैयाँ ६६ पैसा र बिक्री दर १५० रूपैयाँ ३३ पैसा कायम भएकोमा आज युरो एकको खरिद दर १४९ रूपैयाँ १२ पैसा र बिक्री दर १४९ रूपैयाँ ७८ पैसा रहेको छ।
त्यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७७ रूपैयाँ १३ पैसा र बिक्री दर १७७ रूपैयाँ ९२ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ९० रूपैयाँ ९६ पैसा र बिक्री दर ९१ रूपैयाँ ३७ पैसा रहेको छ। क्यानडिएन डलर एकको खरिद दर ९९ रूपैयाँ ५४ पैसा र बिक्री दर ९९ रूपैयाँ ९९ पैसा रहेको छ।
यसैगरी, सिङ्गापुर डलर एकको खरिद दर १०२ रूपैयाँ ८२ पैसा र बिक्री दर १०३ रूपैयाँ २८ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रूपैयाँ २८ पैसा र बिक्री दर ९ रूपैयाँ ३२ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८० पैसा र बिक्री दर १८ रूपैयाँ ८८ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७२ पैसा र बिक्री दर ३५ रूपैयाँ ८८ पैसा रहेको छ। त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ७७ पैसा र बिक्री दर ३६ रूपैयाँ ९४ पैसा रहेको छ। थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९४ पैसा र बिक्री दर ३ रूपैयाँ ९६ पैसा रहेको छ भने युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ४९ पैसा र बिक्री दर ३६ रूपैयाँ ६५ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिद दर ४३९ रूपैयाँ र बिक्री दर ४४० रूपैयाँ ९६ पैसा रहेको छ। त्यस्तै, बहराइन दिनार एकको खरिद दर ३५५ रूपैयाँ ६१ पैसा र बिक्री दर ३५७ रूपैयाँ २० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८