काठमाडौँ। पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रू ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ।
मेची भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै रू ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार ९ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो। देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको छ।
जिल्लामा रहेका ८ वटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा रहेका छन्। चालु रहेका पाँच वटा उद्योगसमेत धरासायी अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ।
सङ्घका अनुसार उत्पादनको ४० प्रतिशत सिमेन्ट खपत हुन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन् यहाँ उत्पादित ५० प्रतिशत सिमेन्ट विदेश निर्यात गर्न सके मात्र उद्योग सञ्चालन गर्न सकिने छ।
बजारमा माग घटेपछि उद्योग बन्द हुने अवस्थामा पुगेको र अब यहाँ उत्पादित सिमेन्टको बजार व्यवस्थापनका लागि ठोस् पहल नभएमा सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने सङ्घले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८