काठमाडौँ। गण्डकी विश्वविद्यालयले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको छ।
आज आयोजित कार्यक्रममा विश्वविद्यालयका तर्फबाट गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले रू २० हजार नगदसहित उनलाई सम्मान गरेको हो।
हालै सम्पन्न सेन्ट्रल एसियन जोन काभा महिला भलिबल लिगमा नेपाललाई रजत पदक दिलाउन सफल राष्ट्रिय टिमका कप्तान शाही गण्डकी विश्वविद्यालयमा स्नातक तह खेलकुद व्यवस्थापन (विएसएम) मा पहिलो व्याचका छात्रासमेत हुन्। उनी हाल छैटौँ सेमेस्टरमा अध्ययनरत छिन्।
कार्यक्रममा मन्त्री थापाले नेपाली खेलकुदमा अरूणाले निरन्तर सफलता प्राप्त गरेको बताउँदै नेपाली महिला खेलाडीले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा गरेको उत्कृष्ट प्रदर्शनले देशको गौरव बढेको समेत बताए।
विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरूङले यही अध्ययनरत विद्यार्थीले देशको प्रतिनिधित्व गर्दै गौरव बढाएका खुसी व्यक्त गरे। कप्तान शाहीले विश्वविद्यालयले गरेको सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताइन्।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८