काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षमै किसान सूचीकरण सक्नेगरी काम गरिने बताए।
मन्त्रालयअन्तर्गतको विषयगत समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले किसान सूचीकरण सकी परिचयपत्र पनि वितरण गरिने प्रतिबद्धता जनाए। किसान सूचीकरणलाई सहयोग गर्न मन्त्री अधिकारीले सातै प्रदेशका कृषिमन्त्री र सात सय ५३ वटै स्थानीय तहलाई आग्रह समेत गरे।
कृषिमा दिइने अनुदानलाई प्रदेश र स्थानीय तहसँग समन्वयगरी व्यवस्थित गरिन्छ, कृषि लगानी दशकमा के के गर्ने भन्ने मन्त्रालयले चाँडै सार्वजनिक गर्छ, कृषिमा तीनै तहसँगै जानुपर्ने उनले बताए।
बीउबिजन ऐन, २०४५ हालै संशोधन भएकाले त्यसअनुरुपको नियमावली आउन लागेको जानकारी पनि मन्त्री अधिकारीले गराए। रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गर्न लागिएको पनि उनले उल्लेख गरे। बाली लगाएका स्थानमा बाँदरले दुःख दिनेक्रम देशभर फैलिएकाले यो समस्या समाधानमा पनि मन्त्रालयले काम गर्ने मन्त्री अधिकारीले प्रतिबद्धता जनाए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८