काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक यही भदौ २८ गते बस्ने भएको छ।
एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक विषयमा छलफल हुने गरी बैठक बस्न लागेको जानकारी दिएको छ।
बैठक ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो साढे १२ बजे बस्नेछ।
यही भदौ १८ र १९ गते बसेको पार्टी पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा सचिवालयले वार्षिक कार्ययोजनालाई अन्तिम टुङ्गो लगाउने सहमति भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८