काठमाडौँ। मधेस प्रदेशका २३ विधुत वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विधुत चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ।
नेपाल विधुत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विधुत चुहावट हुनेमा मौलापुर वितरण केन्द्र रहेको छ। सो केन्द्रबाट ४३.४० प्रतिशतले विधुत चुहावट भएको देखिन्छ।
प्राधिकरण प्रादेशिक कार्यालयका अनुसार मधेसका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ। “मधेसका गाउँ–गाउँमा विधुत चोरी धेरै भएकाले पनि चुहावटको मात्रा पनि धेरै देखिएको हो। मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको छ। त्यहाँ विशेष गरेर हुकिङ गरेर, मिटरबाट पनि विधुत चोरी गर्ने प्रवृत्ति देखिँदै आइरहेको छ। विधुत चोरी गर्नेलाई पक्राउ गरेर आवश्यक जरिवाना गर्दै पनि आइरहेको छ।
मधेस प्रदेशको दोस्रो धेरै विधुत चुहावट हुने वितरण केन्द्र बाराको सिम्रनगढ वितरण केन्द्र। सो केन्द्रमा पनि ४३.२३ प्रतिशत विधुत चुहावट भएको छ। त्यस्तै तेस्रोमा धेरै विधुत चुहावट केन्द्रमध्ये मलङ्गा वितरण केन्द्र दर्ज भएको छ। सो केन्द्रबाट पनि गत आ.व.भरिमा ४२.९१ प्रतिशतले विधुत चुहावट भएको छ।
प्रदेशमा सबैभन्दा कम विधुत चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ। सो केन्द्रबाट विधुत चुहावट १.४० प्रतिशतमात्र रहेको छ। दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ। सो केन्द्रको विधुत चुहावट ३.०१ प्रतिशत छ। त्यस्तै तेस्रो कम विधुत चुहावट हुने वितरण केन्द्रमा वीरगञ्ज वितरण केन्द्र पर्छ। सो केन्द्रको चुहावटको हिस्सा ५.८८ प्रतिशत छ।
मधेस प्रदेश प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका अनुसार गत आ.व.मा प्रदेशमा विधुत चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो। प्राधिकरणले गत आ.व.मा विधुत चुहावटमा संलग्न रहेको भन्दै २ हजार ६ सय ५६ जनालाई पक्राउ गरेर आवश्यक कारबाही गरेको थियो। त्यसैगरी गत आ.व.मा नै विधुत चुहावटमा संलग्न रहेकाबाट रू ६ करोड २० लाख ३ हजार ९ सय ५८ रकम जरिवाना सङ्कलन भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८