काठमाडौँ। आज सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद शुरू गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्।
नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए।
आत्महत्याकाको उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
आत्महत्या बढ्दै गएपछि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा समेत सञ्चालनमा ल्याएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८