काठमाडौँ। इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरू भएको छ।
केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन: उडान सुचारू गरिएको हो। गत बिहीबार नै उडान भर्ने भनिएता पनि यात्रु नपाएका कारण उडान हुन सकेको थिएन।
यात्रु पाएसँगै आज बिहानबाट उडान सुरू भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थलले जनाएको छ। विमानस्थलका अनुसार अनुसार काठमाडौँबाट इलामका लागि ६ जना यात्रु आएको र काठमाडौँका लागि ८ जना यात्रु रहेका थिए।
इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ। अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ। बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे तीन महिनादेखि रोकिएन उडान सुरूभएसँगै यात्रुलाई सहज भएको छ। दसैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौँ उडान गर्नुपर्ने माग बढेपछि उडान पुनः सुरू गरिएको हो।
यहाँबाट बीचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो। गत जेठ १३ गतेदेखि बन्द उडान सुरू भएको हो। इलामबाट हप्ताको दुई दिन अर्थात आइतबार र बिहीबार उडान हुँदै आएको थियो। नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मत गरे पश्चात साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ।
विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडौँ लगायतको यात्रमा सहज हुने छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८