काठमाडौँ। नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो।
जिल्ला प्रहरी कार्यालय चितवन सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो।
सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ। सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने जनाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८