काठमाडौँ। सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (भदौ ३१ गते) सोमबार छापावाल सुन प्रतितोला ५०० रूपैयाँले बढेर १ लाख ५७ हजार ३०० रूपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार तोलामा ३ हजार र आइतबार ५०० रूपैयाँले बढेर सुनको मूल्यमा रेकर्ड कायम भएको थियो। आइतबार छापावाल सुन प्रतितोला १ लाख ५६ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी पनि तोलामा १५ रूपैयाँले बढेर १ हजार ९ सय १५ रूपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला रू १ हजार ९०० मा कारोबार भएको थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८