काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज, अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ९३ पैसा र बिक्री दर १३४ रूपैयाँ ५३ रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ९४ पैसा र बिक्री दर १४९ रूपैयाँ ६० पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ७७ पैसा र बिक्रि दर १७७ रूपैयाँ ५७ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ २६ पैसा र बिक्री दर ९० रूपैयाँ ६७ पैसा रहेको छ।
क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ६१ पैसा र बिक्री दर ९९ रूपैयाँ ५ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३९ पैसा र बिक्री दर १०३ रूपैयाँ ८६ पैसा रहेको छ।
त्यस्तै, जापानिज येन दशको खरिद दर ९ रूपैयाँ ५६ पैसा र बिक्री दर ९ रूपैयाँ ६० पैसा रहेको छ। चाइनिज युआन एकको खरिद दर १८ रूपैयाँ ८८ पैसा र बिक्री दर १८ रूपैयाँ ९६ पैसा रहेको छ।
युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ४६ पैसा र बिक्री दर ३६ रूपैयाँ ६३ पैसा रहेको राष्ट्र्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८