काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधाबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ७१ पैसा र बिक्री दर १३४ रूपैयाँ ३१ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४८ रूपैयाँ ८८ पैसा र बिक्री दर १४९ रूपैयाँ ५५ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७६ रूपैयाँ ६५ पैसा र बिक्री दर १७७ रूपैयाँ ४४ पैसा रहेको छ। अष्ट्रेलिएन डलर एकको खरिद दर ९० रूपैयाँ ३४ पैसा र बिक्री दर ९० रूपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै, क्यानडिएन डलर एकको खरिद दर ९८ रूपैयाँ ३८ पैसा र बिक्री दर ९८ रूपैयाँ ८२ पैसा रहेको छ। सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ३७ पैसा र बिक्री दर १०३ रूपैयाँ ८४ पैसा रहेको छ।
मलेसिएन रिङ्गिट एकको खरिद दर ३१ रूपैयाँ ३९ पैसा र बिक्री दर ३१ रूपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८