काठमाडौँ। कुमारी बैंक लिमिटेडले सर्वसाधारणलाई आउँदै गरेको दशैंका लागि सुकिला नोट सटही सुविधा दिने भएको छ।
बैंकले देशका विभिन्न शहरमा रहेका शाखा कार्यालयहरुमार्फत सटहीको सुविधा प्रदान गर्न लागेको हो। बैंकले रू ५, रू १०, रू २०, रू ५०, र रू१०० को नोटको सटही सुविधा प्रदान गर्न लागेको जनाएको छ।
बैंकले कोशी प्रदेशको विराटनगर, इटहरी, बिर्तामोड, गण्डकी प्रदेशको दमौली, आँबुखैरेनी, पोखरा (न्युरोड), चिप्लेढुंगा, बागलुङ, हाकिमचोक, गैंडाकोट, लुम्बिनीको नेपालगंज, घोराही, सिद्धार्थनगर, ट्राफिकचोक बुटवल, तुलसीपुर, मधेश प्रदेशको बरहथवा, मलंगवा, लहान, बागमती प्रदेशको पुतलीसडक, हात्तीगौडा, बानेश्वर, सिफल, वसुन्धरा, लालदरबार, कुमारीपाटी, न्यूरोड, कालीमाटी, ब्यासी, पेप्सीकोला, कर्णाली प्रदेशको सुर्खेत,बिरेन्द्रनगर र सुदुरपश्चिम धनगढी, अतरिया, कन्चनपुर शाखा कार्यालयबाट सहटी सुविधा लिन सकिने जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८