काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३३ रूपैयाँ ५४ पैसा र बिक्री दर १३४ रूपैयाँ १४ पैसा रहेको छ। युरो एकको खरिद दर १४८ रूपैयाँ ९३ पैसा र बिक्री दर १४९ रूपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७८ रूपैयाँ ६७ पैसा र बिक्री दर १७९ रूपैयाँ ४७ पैसा रहेको छ।
त्यसैगरी, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रूपैयाँ ५२ पैसा र बिक्री दर १५८ रूपैयाँ २३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रूपैयाँ ९१ पैसा र बिक्री दर ९२ रूपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रूपैयाँ २० पैसा र बिक्री दर ९९ रूपैयाँ ६५ पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ २५ पैसा र बिक्री दर ९ रूपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ९३ पैसा र बिक्री दर १०४ रूपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ ०४ पैसा र बिक्री दर १९ रूपैयाँ १३ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर ३५ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा कायम छ ।
त्यस्तै थाई भाट एकको खरिद दर ४ रूपैयाँ ११ पैसा र बिक्री दर ४ रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रूपैयाँ २२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विस्तृत तालिकामा हेर्नुहोस्
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८