काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्याङ्क सङ्कलन गर्न केन्द्रीय कार्यालयमा ‘हेल्प डेक्स’ राख्ने भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज साँझ बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टी सदस्य र जनप्रतिनिधिबाट राहत कोषमा आर्थिक सहायता गर्ने र पार्टीपङ्क्तिलाई राहत पुनःनिर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रले दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका लागि सशक्त आवाज उठाउने निर्णयसमेत गरेको छ।
बैठकले मौसम पूर्वानुमानअनुसार जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८