काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीले विपद् व्यवस्थापन, उपभोक्ता अधिकार र हवाई भाडादरलगायत विषयमा एकैपटक ३ वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाको उद्योग तथा वाणिज्य विभाग प्रमुख गणेश पराजुलीको नेतृत्वमा सङ्घीय सरकारका गृह, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ७ वटै प्रदेशका मुख्यमन्त्री र सबै स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो।
ध्यानाकर्षण पत्रमा बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको परिवारलाई राहत, बेपत्ताको खोजी, घाइतेको उपचारको उचित प्रबन्ध मिलाउन तीनै तहका सरकारसँग आग्रह गरिएको छ।
घरबार विहीनलाई सहज अस्थायी बसोबास र खानपिनको व्यवस्था, अवरूद्ध सडक सकेसम्म छिटो सञ्चालन वा वैकल्पिक सडकको व्यवस्थापनलगायत विषयमा तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको रास्वपाले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८