काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादव जर्मनी एकीकरण दिवसका अवसरमा नेपालका लागि उक्त मुलुकका राजदूत डा. थोमस प्रिन्जले बुधबार साँझ आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन्।
सोही अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत प्रिन्जले हालैको बाढीपहिरामा परी अमूल्य जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै जर्मन सरकार र जर्मनीका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहानुभूति एवं ऐक्यबद्धता प्रकट गरे। त्यसअघि दिवङ्गत भएकाहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलको यसै वर्ष सम्पन्न जर्मनीको राजकीय भ्रमणले जर्मनी र नेपालबीचको सम्बन्धलाई अझ घनिष्टता बनाउन मद्दत मिलेको बताए। उनले दुई देशबीचको यो सम्बन्ध भविष्यमा अझ घनिभूत हुने विश्वास व्यक्त गरे।
समारोहमा सांसद, नेपाल सरकारका वरिष्ठ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका जर्मनीका नागरिक, जर्मनीसँग सम्बन्धित उद्योग–व्यवसायका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुको समेत उपस्थिति थियो।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८