काठमाडौँ। श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रूटमा उडान भर्ने भएको छ। कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ।
“शुक्रबारदेखि चार्टर्ड उडान गरी असोज २३ गतेदेखि नियमित उडान गर्ने तयारी गरेका छौँ”, कम्पनीका कर्पोरेट निर्देशक अनिल मानन्धरले भने, “नियमित उडान सुरू भएपछि उक्त रुटमा दैनिक दुई वटा उडान हुनेछ।”
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिटमा यात्रु लैजान सम्भव छैन। एक पटकमा ५० देखि ६० जना यात्रु उडान गर्ने तयारी छ।
एअरलाइन्सका अनुसार एकतर्फी भाडा ४ हजार ५ सय राखिएको छ र अहिले भरतपुर-काठमाडौँ-भरतपुर रूटमा बुद्ध एयरले एटिआर-४२ मार्फत दैनिक ९ वटा उडान भर्दै आएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८