काठमाडौँ। चालु आर्थिक बर्ष २०८१/८२ को दुई महिनामा वाणिज्य बैंकहरूले साढे १७ अर्ब बढी नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षका दुई महिनामा अर्थात साउन र भदौँ महिनासम्मको अवधीमा हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रूपैयाँ नाफा आर्जन गरेका हुन्।
बैंकहरूले दुई महिनाको अवधीमा कमाएको उक्त नाफा गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधीको तुलनामा १ खर्ब ४ करोड अर्थात ६.३ प्रतिशतले बढी हो। गत आर्थिक बर्षको पहिलो दुई महिनामा यी बैंकहरूले १६ अर्ब ६४ करोड ८६ लाख रूपैयाँ नाफा कमाएका थिए।
सर्वाधिक कमाउनेमा नबिल
तथ्याङ्क अनुसार साउन र भदौ महिनामा नबिल बैंकले सबैभन्दा बढी अर्थात १ अर्ब ६६ करोड ८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो बैंकले अन्य बैंकहरूको तुलनामा नाफामा उल्लेख्य प्रगति गरेको हो।
यसअघि अत्याधिक नाफा आर्जन गर्दै पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंकलाइ नबिलले उछिनेको हो। साउन महिनासम्म आईपुग्दा ग्लोबल आइएमई बैंक धेरै नाफा कमाउने दोस्रो बैंकको स्थानमा झरेको छ। यो बैंकले चालु आ.व.को दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ।
नेपाल एसविआई बैंकले बढायो सबैभन्दा धेरै नाफा
भदौसम्मको तथ्याङ्क अनुसार नेपाल एसविआई बैंकले गत वर्षको तुलनामा सबैभन्दा धेरै नाफा बढाएको छ। गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ करोड २९ लाख रूपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५३ करोड ३९ लाख रूपैयाँ नाफा कमाएको छ जुन अघिल्लो वर्षको तुलनामा ९५ प्रतिशतले धेरै हो।
यसैगरी कृषि विकास बैंकले पनि ४४ प्रतिशतले नाफा बढाएको छ भने प्रभु बैंकले ३७ प्रतिशत, सानिमा बैंकले ३४ प्रतिशत, सिटिजन्स बैंकले ३३ प्रतिशत र स्ट्यान्डर्ड चाटर्ड बैंकले २५ प्रतिशतले नाफा बढाएका छन्।
६ बैंकको घट्यो नाफा
२० वाणिज्य बैंकमा ६ वटा बैंकको भने नाफा घटेको छ। एनआइसी एशिया बैंकको नाफा २७ प्रतिशतले घटेको छ भने ग्लोबल आइएमई बैंकको १० प्रतिशत, कुमारी बैंक, हिमालयन बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ प्रतिशतले घटेको छ।
दुई महिनाको अपधीमा एनआइसी एशिया बैंकले ५७ करोड ७५ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै, नेपाल बैंकले ६७ करोड ८२ लाख रूपैयाँ, हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रूपैयाँ, कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रूपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४१ करोड २८ लाख रूपैयाँ नाफा आर्जन गरेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८