काठमाडौँ। सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष भने केही सुधार आएको छ।
यस वर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रू ९० हजार पुगेको छ। झण्डै १० वर्षअघि प्रतिमन रू १ लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजारसम्म आएको थियो। अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अनुसार हाल अलैँचीको मूल्य प्रतिमन रू ९० हजार रहेको जनाएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो। उत्पादन कम माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको महासङ्घले जनाएको छ। गत वर्ष रू ६०/६५ हजार कारोबार भएको थियो।
अलैँची उत्पादनमा गिरावट भएका कारण पनि मूल्य वृद्धि भएको छ। ग्रेडिङ राम्रो भएको अलैँची रू ९० हजार र ग्रेडिङ नभएको नर्मल अलैँची रू ८७ हजार कारोबार भइरहेको व्यवसायीको भनाइ छ। पछिल्लो समय भारत, पाकिस्तानलगायतको देशमा अलैँची निर्यात हुन थालेपछि मूल्यसमेत बढेको छ।
जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सिजनको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ। मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चिनले अध्ययन सुरू गरेको व्यवसायी बताउँछन्। ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ। अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन्। सङ्खुवासभामा २ हजार आठसय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ। अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो। अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोटसमेत डढ्ने गरेको कृषकको गुनासो छ। यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ।
अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ। पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको पाइन्छ। नेपालमा उत्पादित अलैँचीको बजार भारत हो।
जिल्लाका किसानको मुख्य आम्दानी स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष यामको सुरुआतदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घले जनाएको छ। मसलाको रूपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन सुरू गरेको व्यवसायी बताउँछन्। ९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ। २ प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ।
अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट कृषकले भने प्रत्यक्ष फाइदा लिन सकेका छैनन्। सङ्खुवासभामा २ हजार ८ सय ७१ हेक्टर क्षेत्रफल बराबरमा अलैँचीखेती गरिँदै आएको छ। जिल्लामा गत वर्ष ९ सय ४० मेट्रिक टन अलैँची उत्पादन भएको थियो। यस वर्ष भने अलैँचीको उत्पादन घट्ने महासङ्घको अनुमान छ। अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ। पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको बताइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८