काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ७१ पैसा र बिक्री दर १३५ रूपैयाँ ३१ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ४२ पैसा र बिक्री दर १४६ रूपैयाँ ७ पैसा रहेको छ।
त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ ७७ पैसा र बिक्री दर १७५ रूपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ७८ पैसा र बिक्री दर १५५ रूपैयाँ ४७ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रूपैयाँ ४७ पैसा र बिक्री दर ८९ रूपैयाँ ८७ पैसा, क्यानडियन डलर एकको खरिद दर ९७ रूपैयाँ २ पैसा र बिक्री दर ९७ रूपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ९८ पैसा र बिक्री दर १०२ रूपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिद दर ८ रूपैयाँ ८५ पैसा र बिक्री दर ८ रूपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८० पैसा र बिक्री दर १८ रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ८७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ९५ पैसा र बिक्री दर ३७ रूपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८