काठमाडौँ। बारको महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाई मेलाको धमाधम तयारी भइरहेको छ।
आज आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष उपेन्द्र यादवले मेला सञ्चालनको तयारी चुस्त बनाइँदै लगिएको जानकारी दिए।
एक हजार बिघा क्षेत्रमा लाग्ने मेलामा ४० वटा घुम्ती शौचालय, १ हजार अस्थायी शौचालय, १ हजारभन्दा चापाकल जडान, दर्जनौँ बोरिङ, २ हजार ७ सय पसल, ३ वटा हेलिकप्टर, १० वटा भेन्टिलेटरसहितको दक्ष चिकित्सकद्वारा उपचार गर्ने सुविधा सम्पन्न अस्थायी अस्पताल निर्माण, २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने गरी तयारी भइरहेको अध्यक्ष यादवले बताए। “मेलामा पर्नसक्ने आकश्मिक विपद्का लागि पूरै तयारी गरिएको छ”, उनले भने।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महागढीमाई मेला समितिको तर्फबाट अस्थाई अस्पताल निर्माण कार्य गर्नेभएको छ। शुद्ध खानेपानीको काम प्रदेश र सङ्घ सरकारले आफ्ना प्राविधिक खटाएर कामको थालनी तीव्र रुपमा गरिरहेको उनले जानकारी दिए।
भारतबाट मेलामा आउने भक्तजनका लागि आजैदेखि रक्सौल, मटियर्वा सिम्रौनगढ, गौर नाकाबाट हलुका सवारीसाधनलाई बिना शुल्क प्रवेश गर्नेगरी सहज तुल्याएको नगरपालिकाका नगर प्रमुख समेत रहेका मेला समितिका अध्यक्ष यादवले भने। उनका अनुसार ठूला गाडीको हकमा भन्सार गराउने तर साना सवारी साधनलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८