काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस कम्पिटिसन २०८१’ आयोजना गर्ने भएको छ।
विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन आयोजना गर्ने भएको हो। दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल ४ वटा प्रतिस्पर्धा हुनेछन्।
खुल्लातर्फको १० किलोमिटर रोड रेस कम्पिटिसनमा इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटरमा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीह’ले मात्र सहभागिता जनाउन सक्नेछन्।
गरिमा रोड रेस कम्पिटिसन २०८१ को महिला र पुरुषतर्फको गरी ४ वटै प्रतिस्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार रूपैयाँ, ६० हजार रूपैयाँ, ४५ हजार रूपैयाँ, ३० हजार रूपैयाँ र १५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
गरिमा रोड रेस कम्पिटिसन २०८१ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट www.garimabank.com.np तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौामा सम्पर्क गरी नाम दर्ता गराउन सकिने जनाएको छ।
निर्धारित सहभागी सङ्ख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ। साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ।
आगामी मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउने तयारीमा रहेको विकास बैंकले सोही अवसर पारेर काठमाडौँमा गरिमा रोड रेस कम्पिटिसन २०८१ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रमहरूसमेत आयोजना गर्दैछ।
विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका ७ वटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रहरूसँगै अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८