काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सडकमा फोहर गरेको भन्दै सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) लाई १ लाख रूपैयाँ जरिवाना लगाएको छ।
शुक्रबार एमालेले काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गरेको थियो। सोही क्रममा सडक क्षेत्रमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रूपैयाँ जरिवाना गरिएको जनाएको छ।
एमाले पार्टीलाई सम्बोधन गरी नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्वारा पठाइएको जरिवानासम्बन्धी पत्रमा भनिएको छ, प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १००,०००र०० अक्षरेपि एक लाख जरिवान गरिएको बेहोरा निर्देशानुसार अनुरोध गर्दछु।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८