काठमाडौँ। निर्वाचन आयोगले मङ्सिर १६ गते हुने उपनिर्वाचनको मतदानका दिन सार्वजनिक बिदा दिन पत्र पठाएरै आग्रह गर्ने निर्णय गरेको छ।
आयोगको आइतबारको बैठकले उपनिर्वाचन हुने स्थानीय तहमा मतदानस्थल उपयोग गर्ने तथा मतदाताका लागि सहज वातावरण बनाउने सम्बन्धमा नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखी पठाउने निर्णय गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुने स्थानीय तहभित्र तथा उपनिर्वाचन हुने वडा क्षेत्रभित्रका सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउने गरी पत्र लेख्ने आयोगले जनाएको छ।
आयोगका अनुसार मङ्सिर १३ देखि १६ गतेसम्म मतदान सम्पन्न नभएसम्म मतदानस्थलको रूपमा कायम भएका सामुदायिक तथा निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान एवम् सार्वजनिक स्थलहरू निर्वाचनका लागि व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित सबै स्थानीय तहलाई निर्देशन दिने निर्णय भएको छ।
नेपाल मिडिया हाउस प्रा.लि.
ललितपुर, नेपाल
ईमेल: [email protected] (समाचारको लागी)
ईमेल: [email protected] (बिज्ञापनको लागी)
कार्यालय फोन- +977- 015554815, 5549880
स्थायी लेखा नम्बर- 604369660
कम्पनि रजिष्टर नं.- 160287/073/074
सूचना विभाग दर्ता नम्बर: २४६३/०७७-०७८